सन्दर्भ कम्युनिष्ट पार्टीको एकताः मानवले आर्जन गरेका शिक्षाका उपदेयता

172








भोजप्रसाद चापागाई –




मानव मात्रको वाच्न पाउने हक र वृत्ति विकासको सुनिश्चितता गर्ने विविध शिक्षाहरुबाट प्रशिक्षित र समान राजनितीक दर्शन वोकेका राजनितीक दलहरुका शिर्षस्थ नेतृत्व विशेष गरी पार्६ीका अध्यक्षले पूर्ण रुपमा व्यवहारिक शिक्षा नअपनाउदाका परिणाम अहिले देशले भोगेको छ।

देशका दुई ठूला राजनितीक पार्टी नेकपा एमाले र नेकपा माओवादी संस्थापन पक्ष नाम गरेका राजनितीक पार्टी वि.स. २०७४ को निर्वाचन पश्चात पार्टी एकीकरण गर्न र एकीकृत राजनितीक पार्टीको नाम नेकपा कायम रहने उद्घोषका साथ एउटै घोषणा पत्रबाट चुनाव लडे । नेकपाले चुनाव लड्दै गर्दा सरकार निर्माणका निम्ति सम्मानजनक बहुमत वा संसदको दुई तिहाई बहुमत नजिक सिट जित्न सक्षम देखिए तापनि चुनाव चिन्ह समेत एउटै नहुँदाको परिणाम केही सिट गुम्न पुगेको देखिन्छ।

वि.स. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको उद्देश्य, नेपाल देश र नेपाली जनतामा वर्र्गीय विभेद रहेको सम्पन्न नागरिक सरहका सुख सुविधाहरु गरीवीको रेखामा रहेका गरीव जनताहरुले प्राप्त गर्नमा कुनै द्धिविधा नपालेका गरिव समुदायका चाहना र सम्पन्नताको खाडल क्रमशः संकुचन हुने विश्वासका आधारमा विगत ७२ बर्षसम्म अनवरत कम्युनिष्ट पार्टीले ति गरीव जनताका मुर्छित सपनाहरु विपनामा परिणत गराउन प्रशिक्षणका माध्यमबाट प्रशिक्षित कार्यकर्ता समेतका चाहना वा राजनितीक पार्टी शिर्षस्थ नेतृत्व आम कार्यकर्ता देश र जनता सवैको उदेश्य एउटै हुदाको संयुक्त प्रयासमा नेपालको राजनितीक ईतिहासमा सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको निर्माणबाट दोस्रो विश्व युद्ध पश्चात पूंजीवादले हैकम जमाएको विश्व समेत चकित हुन पुगेको अवस्था विद्यमान नै छ।

यो विद्यमान अवस्थालाई आउँदो ५० बर्षसम्म जिवन्त राख्ने एकीकरण ताका गरेको उद्घाोषले आज करिव ४ बर्ष पुरा गरेको छ । दुई पार्टीका शिर्षस्थ विशेष २ जना अध्यक्ष मात्रको चाहनाबाट शुरु भएको पार्टी एकीकरणलाई पार्टीका नेता कार्यकर्ता शुभचिन्तक समेतको चाहना एउटै हुँदा र चुनावमा देश र जनताले जाहेर गरेको प्राप्त मत र संसदमा प्राप्त गरको सांसदको सिट संख्या समेतको चाहना समेत एउटै रहेको तथ्य पुष्टि भएको देखिन्छ ।

यस प्रकार ब्यवहारिक शिक्षाको अभ्यासमा दुईजना अध्यक्षको अभ्यस्ततालाई दुई पार्टीका अन्य नेता तथा कार्यकर्ता समेतले अबलम्बन नगर्दाको परिणाम दुई पार्टीको एकीकृत अभियानका अभियान्ता शिर्षस्थ नेतृत्व कार्यकर्ता समेत परम्परागत शिक्षाले दिशा निर्देशन गरेको नेपाली समाजमा फर्की हाल परम्परागत अलग अलग पार्टीमा सीमित भई दुई अध्यक्ष, आम शुभचिन्तक देश र जनताका विश्वास र भावनामा गंम्भीर घात भएको देखिन्छ।

दुई पार्टीका शिर्षस्थ नेतृत्व आमपार्टी कार्यकर्ता एक ठाउंमा नहुँदा जुनसुकै राजनितीक पार्टी छिन्न भिन्न वा विगतका राजनितीक ईतिहासवाट प्राप्त पार्टीको क्षति ह्रास हुनेमा शत प्रतिशत विश्वास गर्न सकिन्छ। मानव कोही पनि गलत हुन सक्तैनन । गलत त त्यही शिक्षा हो जसले घरवाट प्राप्त गरेको अवैज्ञानिक र विद्यालय क्याम्पस कलेजबाट प्राप्त गरेको परम्परागत शिक्षा जस्ताको तस्तै अपनाउदाको परिणाम हो । यी परम्परागत शिक्षाहरुले मानवलाई विकासतर्फ नभई विनास तर्फ डोर्याउने निश्चित देखिन्छ। यसको पुष्टि मानवसमेत प्राणी रहेको र हालसम्म आईपुग्दा मानवका कारणबाट कतिपय पशु पंन्छी र तिनका वासस्थान लोपउन्मुख अबस्थाबाट गुज्रिरहेका छन् ।

ईतिहासमा डायनोसारको स्थान लिएको बढ्दो मानवको जनसंख्या र वनस्पति तथा अन्य कमजोर प्राणीहरु प्रति समेत ईतिहासमा डायनोसारले बाच्न र बृत्ति विकासको निम्ति गरेको गतिविधिसंग मेल खानेमा हालसम्ममा मानवले अपनाएको बनस्पति र अन्य कमजोर प्राणी प्रति गरेको गतिविधिबाट मानव सन्तति समेतको विनासको सहजै आंकलन गर्न सकिन्छ ।

यी परम्परागत व्यापार केन्द्रित शिक्षाहरु मानवबाट निर्माण गरिएका निकाय मानव समेतले अबलम्बन र संचालन गर्ने सन्दर्भमा मानवलाई उपलब्ध गराएका विविध उपाधि पद प्रतिष्ठा प्राप्त नहुँदाको बखतमा समेत वा विगतका गतिविधिमा मात्र केन्द्रित हुन वाध्य पार्दछन् । यी शिक्षाहरुबाट मानवमा मानवीय स्वभाव डाह, ईष्र्या, घमण्ड, मान, सम्मान, वा सकारात्मक सोच कम नकारात्मक सोच बढी, सार्वजनिक समारोहको समय संस्थागत कम अन्य मानवका नकारात्मक टिकाटिप्पणी बढी, मानवका समूहमा आवद्ध पश्चात आफ्ना ब्यक्तिगत आवश्यकताहरु पूर्ति हुने विश्वास, मानवले अपनाएका दर्शन कितावमा सिमित रहेका छन् ।

व्यक्तिगत भौतिक सम्पत्ति आर्जनमा प्रतिस्पर्धा, मानव केन्द्रित विकास र प्रविधि अनावश्यक मानवका जीवित आवश्यकतामा रुपान्तरण, जीवित बनस्पति, प्राणी मानवका भौतिक सम्पत्तिमा परिणत हुनु पर्ने । विकास विशेषगरी परिवार समाज र देशमा लागू गर्न हासिल गरेका विविध शिक्षा आ आफ्ना अनुकुलका आवश्यकता अनुसार हालसम्म प्रयोगमा आईरहेको देखिदा शिक्षा र मानव एक अर्कोका पर्यायवाची शब्द रहेको मानवका हकमा कृत्रिम न्यायिक विवेचना गर्न सकिन्छ ।

यी शिक्षाहरुबाट प्रशिक्षित हाल सम्मका मानवहरु मानवको वाच्न पाउने हक स्थापित भएपछि मात्र बृत्ति विकासको अधिकार हुन्छ भन्नेमा जानकार रहे तापनि यी दुवै वाहेक पूर्वको अबस्थाको वारेमा जानकार नरहेको देखिन्छ । किनकी मानव समेत प्राणी रहेकोमा आफूलाई मात्र जन्म दिने र मृत्युवरण गर्ने ईश्वर भगवान अल्लाह येशु आदि हुन भन्ने मानव ईतिहास देखिका शिक्षा जस्ताको तस्तै अबलम्बन गरी आएको देखिन्छ । बनस्पति तथा अन्य प्राणीको जन्मदाता समेत मानवका आस्थाका धरोहरबाट नै भएको भन्ने मानी आएका मानव जन्म आस्थाका धरोहरलाई सुम्पी मानवका जीवित जीवनका खुशीका क्षण र भौतिक सम्पत्ति आर्जनमा बनस्पती समेतको बाच्न पाउने हक र बृत्ति विकासको अधिकार हनन गरी आएको वा मृत्यु मानवले आफ्नो कब्जामा राखेको समेतबाट मानवका उक्त हक अधिकार र शिक्षा एक अर्कोका परिपुरक रहेको मानवका हकमा कृत्रिम न्यायिक विवेचना गर्न सकिन्छ ।

मानवलाई दिशा निर्देशन गरिआएका विविध शिक्षाहरु सवै बनस्पति प्राणी र भविष्यका मानव सन्तति समेतको जिवन रक्षामा न्यष्लन अयलअभचल को सुनिश्चितताको निम्ति मानवबाट दिशा निर्देशन हुनेगरी विविध शिक्षालाई परिमार्जन वा ब्यवहारिक शिक्षा गर्न अनिवार्य देखिन्छ । यसको निम्ति शिक्षालाई ब्यवहारिक मार्गमा हिडाउन देशका सम्पूर्ण जीवित वा निर्जीव सम्पत्तिहरुलाई देश अन्र्तगतको सम्पत्तिमा गणना गर्न अनिवार्य देखिन्छ । यसो भएमा निकाय मानवलाई प्रतिनिधित्व गर्ने राजनितीक दल भित्रको आन्तरिक र वाह्य गतिविधि र मानव निकाय मानव विचको सम्बन्ध परस्पर उपयोगिताको सिद्धान्तमा आधारित हुन गई मानवले अपनाएको शिक्षाको उपदेयता मानवका भविष्यका सन्तति समेतमा केन्द्रित हुने देखिन्छ । म विकास विरोधी मानव नभै केवल मानव मात्रको जिवित जिवनका आवश्यकता भन्दा बढी अनावश्यक जिवित आवश्यकताहरुमा परिणत गर्न उत्प्रेरित गर्ने शिक्षा प्रविधि परिणाम मानव मात्रमा केन्द्रित विकास विरोधी मानव भने हु ।



You might also like
Loading...