नवलपुरमा १ सय ९ जना संक्रमितको निधन




कावासोती । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भए यता बैशाख १ गते यता ७७ जना र गत बर्ष ३२ जना गरी १ सय ९ जनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।




आइतबारसाँझ ५ बजेसम्म गैडाकोटका १९ जना, देवचुलीका ८ जना, कावासोतीका २४ जना, मध्यविन्दुका १२ जना, विनयी त्रिवेणीका १७ जना र जिल्ला बाहिरका १ जना गरी ७७ जनाको निधन भएको हो ।

शनिबार नवलपुरमा ३ जना संक्रमितको निधन भएको भए पनि आइतबार कुनै संक्रमितले ज्यान गुमाएका छैनन्।



सम्बन्धित
Loading...