नवलपुरमा ४ दिन थपियो निषेधाज्ञा, ४ दिनपछि पसल खुल्ने


नवलपुर । पूर्वी नवलपरासीमा ४ दिन निषेधाज्ञा थप गरिएको छ ।



नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नवलपुरमा ४ दिन निषेधाज्ञा थप गरिएको जानकारी दिइन् ।

चार दिन भित्र नवलपुरका व्यापारीहरुले व्यापारीहरुको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण गर्ने, पसल अगाडि सामाजिक दुरी कायम राख्ने गरी गोलो घेरा लगाउन लगायतका पूर्व तयारी सकेर ४ दिन पछि मात्र पसलहरु खोल्न दिइने भएको छ ।




तथापि व्यापारीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ सोचेभन्दा बढी देखिए पसल खुल्ने सम्भावना भने कम रहने छ ।



सम्बन्धित
Loading...