प्रधानमन्त्री ओली जनताको उपलब्धी उल्टाउन लागि परेको प्रचण्डको आरोप
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउन केपी ओली नेतृत्वको सरकार लागि परेको आरोप लगाएका छन्। ओली सरकारको यस कार्यलाई जसरी भए पनि रोकेर संविधानको मर्मअनुसार देशलाई अगाडि बढाउनुपर्ने उनले बताए।
कम्युनिस्ट आन्दोलनलाई एकतामा ल्याउनको लागि प्रस्तावसहित एमालेसँग पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीकै कारण पार्टी एकता चकनाचुर भएको गम्भीर आरोप लगाए। प्रधानमन्त्री ओलीमा तानाशाही शैली भएकोले अब देशले ओलीलाई धान्न नसक्ने उनको भनाइ छ।
देशलाई निकास दिनको लागि ओलीको विकल्प खोज्नुपर्ने उनले बताए।
माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धान्जली सभामा सहभागी हुन चितवन आएका बेला नेता प्रचण्डले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए। ‘हालको राजनीतिक आकाशमा देखिएको कालो बादल अन्त्य गरेर देशलाई दुर्घटनाबाट जोगाउन म हरदम प्रयासरत छु,’ उनले भने।
स्वर्गीय पौडेलको विषयमा चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनमा उहाँ ९हरिप्रसाद पौडेल०को पनि ठूलो योगदान छ।’ पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो।
