अतिक्रमित भूमि रोक्न क्रान्तिकारी माओवादीको माग
कावासोती । नेकपा क्रान्तिकारी माओवादीले अतिक्रमित भूमि रोक्न माग गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी सुदुर पश्चिम प्रदेश कमिटि इन्चार्ज अशोक लम्साल अनुकुलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ – ‘केही दिनअघि मात्रै सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्ला, चाँदनी दोधारा नगरपालिकाको सीमावर्ती क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भारतीय सुरक्षा फौज (एसएसबी)को सुरक्षामा भारतीय नागरिकहरुले खनजोत गरी बाली लगाउने तयारी गरेका छन् । दिनहुँ नेपाली भूमि अतिक्रमण र नेपाली नागरिकमाथि ज्यादति भइरहँदा पनि नेपाल सरकार भने मुकदर्शक बनेर सत्ताको रसस्वादन गरिरहेको छ ।’
क्रान्तिकारी माओवादीले नेपाली भूमिमा भईरहेको भारतीय विस्तारवादी रवैयाको घोर निन्दा र भत्र्सना समेत गर्दै नेपाल सरकारलाई तत्काल कुटनीतिक पहलबाट भारतीय अतिक्रमण बन्द गराउन आग्र्रह समेत गरिएको छ ।
त्यसैगरी नेपाल सरकारले कुनै पहलकदमी नलिए भारतीय विस्तारवादको यसप्रकारको रबैयाविरुद्ध राष्ट्रप्रेमी स्वाभिमानी आम नेपाली नागरिक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भन्दै आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिको पूर्ण पाठ
