नवलपुरमा ४६ नयाँ संक्रमित थपिए, ४८ निको भए
– रामकुमार श्रेष्ठ –
नवलपुर, ८ असार । पूर्वी नवलपरासीमा मंगलबार ४६ जना नयाँ संक्रमित थपिँदा ४८ जना निको भएका छन् ।
पूर्वी नवलपरासीमा मंगलबार १ सय जनामा परीक्षण गर्दा ४६ जनाको संक्रमण पुष्टि भएको हो ।
मंगलबार गैडाकोटमा ९ जना, देवचुलीमा ७ जना, कावासोतीमा १२ जना, मध्यविन्दुमा ५ जना, विनयी त्रिवेणीमा १० जना, हुप्सेकोटमा २ जना र बुलिङटारमा १ जनामा पोजेटिभ देखिएको हो ।
नवलपुरमा अहिलेसम्म १ सय ९ जनाको निधन भएको छ भने पहिलो र दोस्रो लहर ६ हजार ९ सय २७ जना संक्रमित भएका छन् ।
नवलपुरमा अहिले ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ति मध्ये २१ ज्ना अस्पतालमा उपचाररत रहेका छन् ।
