नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु




नवलपुर । नवलपुरमा मंगलबार एक जना पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ ।
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका स्थित होङ्सी गेट नजिकै डुमे्रखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुमे्रखोलाको ड्याममा डुबेर हराएका बझाङ बेहुलीकोट बस्ने २१ वर्षीय लक्ष्मण बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




डुमे्रखोलामा पौडी खेल्ने क्रममा आज बिहानैदेखि बेपत्ता भएका बोहोरा दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा शव फेला पारेको हो । शव परीक्षणको लागि कावासोती स्थित मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको छ ।

 



सम्बन्धित
Loading...