कावासोतीमा थप एक जना संक्रमितको निधन, नवलपुरमा मृतकको संख्या १ सय १० पुग्यो


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ ।

कावासोती नगरपालिका १ निवासी ६२ बर्षीय पुरुषको गएराति निधन भएको हो ।




निमोनिया भई जेठ २८ गते अस्पताल भर्ना भएको उनको पिसिआर परीक्षण गर्दा उक्त दिन नै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको असार ६ गते थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा भरतपुरमा नै गएराति उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय १० पुगेको छ ।

 



सम्बन्धित
Loading...