कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

कावासोती १६ डण्डामा पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले पश्चिमबाट पूर्व आउँदै गरेको प्र.नं.३–०२–०१५ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकलाई लागुऔषध सहित पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।




पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३० को दिनेश खत्री रहेका छन् ।

प्रहरीले उनको साथबाट फेनरागनः२ सय एम्पुल, डाईजोपाम २ सय एम्पुल र नुफिन २ सय एम्पुल बरामद गरेको छ ।

नवलपुरमा निषेधाज्ञाको समयमा पनि लागुऔषध ओसारपसार गर्नेहरु निक्कै सक्रिय भएका छन् ।



सम्बन्धित
Loading...