चितवनमा १०४ संक्रमित थपिए, १७९ संक्रमण मुक्त
भरतपुर, ९ असार । चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाका १०४ संक्रमित थपिएका छन् भने १७९ संक्रमित संक्रमण मुक्त भएका छन् । दुई संक्रमितको मृत्यु भएको छ । ५८२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबारसम्म चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २०० रहेको छ । सोमध्ये होम आइसोलेसनमा एक हजार ७३, अस्पताल आइसोलेसनमा ९३ जना र सार्वजनिक आइसोलेसनमा ३४ जना संक्रमित छन् ।
चितवनमा हालसम्म १५ हजार ६५४ जनामा संक्रमण भेटिएको छ भने १४ हजार १८२ संक्रमित संक्रमण मुक्त भइसकेका छन् । हालसम्म २७२ संक्रमितको मृत्यु भएको छ ।
