नेपालको गण्डकी, लुम्बिनी प्रदेश सहित मध्ये भागमा भारी वर्षाको सम्भावना


मनसुनी वायु नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ। जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्याएको हो।



यी क्षेत्रमा मंगलबार रातिदेखि मध्यमदेखि भारी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस भेगमा वर्षाको क्रम दोहोरिएसँगै बाढी पहिरोको सम्भावनासमेत बढेको छ।

नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिए पनि मध्य र पश्चिमका प्रदेशमा यसअघिको एक सातामा अधिक स्तरसम्मको वर्षा भएको थियो। बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ।




मध्य, पश्चिम र पूर्वका केही भेगमा केन्द्रित मनसुनी बादलका कारण हुने वर्षाले यस भेगका ठूला तथा साना नदीमा बाढी आउने महाशाखाले जनाएको छ। कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रका नदीहरूमा आकस्मिक बाढी र बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।



सम्बन्धित
Loading...