आज पनि देशका विभिन्न स्थानमा भारी बर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ। आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १ र बागमती प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा राति पनि मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।