चितवनका १०७ संक्रमणमुक्त, ८६ जना थपिए, दुईको मृत्यु
भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ८६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज शुक्रबार एकैदिन ८६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या १०७ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
भरतपुर महानगरमा ५१, खैरहनीमा ५, माडीमा ५, रत्ननगरमा ९, राप्तीमा ५, कालिकामा १० र इच्छाकामनामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ८३७ पुगेको छ ।
हस्पिटल आइसोलेसनमा १०४, होम आइसोलेसनमा ८८९जना र पब्लिक आइसोलेसनमा ३० रहेका छन् । १४ हजार ५३८ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २७६ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
