पाल्हीनन्दनको निती तथा कार्यक्रम, बढी कर तिर्ने करदातालाई प्रोत्साहन गरिने




रामकरण अम्बेडकर –
परासी । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउपालिकाले चालु अर्थिक वर्षमा पाल्ही नन्दन गाउपालिकालाई नियमित र बढी कर तिर्ने करदातालाई प्रोतसाहन तथा सम्मान गरिने बताएको छ । गाउपालिकाको नवौं गाउसभाले आगामी आव २०७८÷०८९ का लागि प्रस्तुत वार्षिक निती तथा कार्यक्रममा पास गरेको छ ।

गाउसभामा गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दीपकले निती तथा कार्यक्रम पेश गरेका थिए ।
नीति तथा कार्यक्रममा चालु आव कोभिड १९ तथा अन्य कारणलाई मध्यनजर गरी अशक्त अपाङ्ग असहाय तथा दैविक प्रकोप पीडित र ७० वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई गाउँपालिका तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवा तथा सुविधा निशुल्क रुपमा प्रदान गरिने निती ल्याएको अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए ।




कार्यक्रममा कृषि स्वास्थ्य शिक्षा र भैतीक पुर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।
जस अनुसार पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरी आधुनिक सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाउने भएको छ ।
गाउँपालिकाले पाल्ही नन्दन गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि कृषि विशेषज्ञको संयोजकत्वमा सम्भव्यता अध्ययन गर्न र सिफारीस गर्न एक समिती बनाईने जनाइएको छ ।

गाउँपालिकाले २०८० सम्म सम्पूर्ण उपभाक्तालाई शुद्ध खानेपानीको सुविधा उपलब्ध गराईने, छोरा, छोरी दुबैको बराबरी हुन भन्ने मुल नारालाई सार्थक बनाउनको निम्ति यस गाउँपालिकामा जन्मिने सन्तानको जीवन विमा ५० प्रतिशतमा अनुदान दिने, गाउँपालिकालाई प्रविधि मैत्री गाउँपालिकाको रुपमा ल्याईने २०७९ कार्तिक मसान्तसम्म डिजिटल गाउँपालिकाको रुपमा विकास गरिने जस्ता नीति अगाडि सारेको छ ।

युवाहरुलाई स्वरोजगार बनाउन ग्रामीण विकास कोष स्थापना गरिने भएको छ । पालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय क्षेत्रको पहिचान गरी त्यस क्षेत्रको सुदृढीकरण र विकास गर्ने, पालिका भित्रबाट उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने, निशुल्क एम्बुलेन्स संचालन गर्ने, पिपरहियामा ईलेक्ट्रिक शव दाह क्षेत्र बनाउने लगायतको नीति तथा कार्यक्रम अगाडि सारेको छ ।



सम्बन्धित
Loading...