चितवनमा ४४ संक्रमित थपिए, ३८ जना संक्रमणमुक्त




चितवनमा पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३८ जना संक्रमण मुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । चितवनमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार २६ रहेको छ ।




पछिल्लो २४ घण्टामा १८७ जनाको स्वाव संकलन गरिएको छ भने ३६ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।



सम्बन्धित
Loading...