मध्यविन्दु नगरपालिकाको बजेट ९० करोड बढी
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नवौं नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि ९० करोड १३ लाख ३६ हजार बरावरको अनुमानित बजेट पारित गरेको छ ।
नगरसभामा मध्यविन्दु नगरउपप्रमुख ओमकुमारी महतोले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित भएको थियो ।
आगामी आर्थिक वर्षमा अन्तरगत वित्तिय समानिकरण अनुदान रु. १६ करोड २० लाख, राजस्व बाडफाड रु. ११ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान रु. १ करोड ९६ लाख ९६ हजार, सवारी कर बाँडफाँड रु. १ करोड ६ लाख ७८ हजार, आन्तरिक राजस्व अनुमान रु. १८ करोड ४५ लाख, सशर्त अनुदानबाट रु २७ करोड २० लाख र गत बर्षको मौज्दात रु. १३ करोड ८० लाख १७ हजार गरी जम्मा रु. ९० करोड १३ लाख ३६ हजार बजेट प्रस्ताव गरिएको छ ।
त्यसैगरी आगामी आर्थिक बर्षमा व्ययतर्फ कार्यालय संचालन तथा प्रशासनिक खर्च रु १२ करोड ९५ लाख २६ हजार , आर्थिक विकास तर्फ रु ४ करोड १८ लाख ५५ हजार , समाजिक विकास तर्फ रु ८ करोड १८ लाख ५५ हजार, पुर्वाधार विकास तर्फ रु ३३ करोड ७२ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु २ करोड ६१ लख , सुशासन तथा सस्थागत तर्फ रु १ करोड २८ लाख, सशर्त अनुदान खर्च रु २७ करोड २० लाख गरी जम्मा रु ९० करोड १३ लाख ३६ हजार अनुमान गरिएको छ ।
नीति तथा कार्यक्रममा चालु आर्थिक बर्षका योजनाहरुको निरन्तरताका साथै शिक्षा, कृषि,स्वास्थ्य, रोजगार लगाएतका क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । सहुलियत पुर्ण कर्जा कार्यक्रम , बिद्यालयको शैक्षिक सुधारका लागि अनुदान, फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना, घर घरमा स्वच्छ खानेपनी उपलव्धता, पर्यापर्यटनको विकाश, पशुपालनवाट रोजगार वढाउने, गरिबी घटाउने अभियान, एक वडा एक उत्पादन एक वडा एक कृषि समुह, उपप्रमूख चेली वचाउ तथा पढाउ कार्यक्रम, विदेशबाट रोजगारी गुमाएका परिवारलाई सीपमुलक तालिम कार्यक्रम लगाएतका विभन्न योजनालाई प्राभमिकता दिइएको छ ।
आगमी आर्थिक वर्ष नगर भित्र पूर्वाधार निर्माणमा जनसहभागिता वढाई गुणस्तरीय पुर्वाधार निर्माण गर्ने , स्वास्थ्य क्षेत्रको सवलीकरण एवं स्तरीकरण गर्ने , बालवालिकाको विधालय पह’च एवं टिकाउपन तथा सिकाइको गुणस्तर अभिवृद्धि गर्ने, स्वरोजगारी एवं रोजगारी सृजनामा सहजीकरण गर्ने , भुमिहीन दलित, भुभिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा गर्ने र आवश्यक निर्णयको लागि सम्वन्धित निकायमा पहल गर्ने , सामाजिक न्याय र समानता कायम गर्ने , समान’पातिक समावेशीताको आधारमा विकाश निर्माण र विकाशको प्रतिफल वितरण गर्ने , स्वच्छ वातावरण , प्रकोप न्युनीकरण र शहरीकरणलाई व्यवस्थित गर्ने , सुशासन प्रवद्र्धन गर्ने, राजस्वको दायरा वढाउने, कोरोना भाइरसको न्यु भेरियन्टलाई नियन्त्रण व्यवस्थापन र रोकथामका लागि प्रयाप्त बजेट विनियोजन गरी समस्याको समाधान गर्ने मुख्य उद्देश्य राखिएको छ ।
नगर सभामा सम्वोदन गर्दै मध्यविन्दु नगरप्रमुखर चन्द्र बहादुर रानाले नगरवासिको स्वास्थ्य लाई पहिलो प्राथमिकतामा राख्दै आगामि आर्थिक वर्र्षको निति कार्यक्रम एवम् वजेट तर्जुमा गरिएको वताए ।
मध्यविन्दु नगरपालिकाको नवौं नगरसभा असार २५ गते विहान ११ वजे पुन वस्ने गरि स्थगित गरिएको छ ।
