नेपाली सेनाद्घारा बृक्षारोपण
पप्पु रेग्मी, नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाली सेनाले बृक्षरोपण गरेका छन् ।
श्री नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण दाउन्ने वेश क्याम्पको आयोजनामा पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर १६ को वन क्षेत्रमा विहिवार बृक्षारोपण गरेको हो ।
नेपाली सेनाले उजाड रहेको वनमा साथै आफ्नो क्याम्प क्षेत्र वरपर दाउन्नेदेवी, जनकल्याण र सीतापोखरी सामुदायिक वन भित्र करिव ३ हजार विरुवा रोपी बृक्षारोपण गरेको सुरक्षा गण दाउन्ने वेश क्याम्पका प्रमुख सह–सेनानी नारायण बहादुर अर्यालले बताए ।
विश्व व्यापी रुपमा भै रहेको वातावरण प्रदुषण, खुल्ला चरिचरण र यसले समग्रमा पार्ने असरलाई न्यूनिकरण गर्नकालागि निरन्तर रुपमा यसै आर्थिक वर्षको साउन महिना भित्रमा सीता पोखरी सामुदायिक वनको ५ हेक्टर जमिनमा ८ हजार विरुवा, वनदेवी सामुदायिक वनमा २० हेक्टर जमिनमा ३२ हजार विरुवा गरि विभिन्न प्रजातिका विरुवा ठेकेदारद्धारा लगाईने पश्चिम नवलपरासी जिल्लाको श्री नम्वर २ वन तथा पर्यावरण सुरक्षा गण दाउन्ने वेश क्याम्पका प्रमुख सह सेनानी अर्यालले बताए ।
कार्यक्रममा श्री वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका निर्देशक सहायक रथि लव कुमार रायमाझि, श्री नं.२२ वन तथा पर्यावरण सुरक्षागणका गणपति प्रमुख सेनानी शारदा भक्त, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल, जिल्ला वन कार्यालयका प्रमुख शंकर प्रसाद लामिछाने, जिल्ला विकास समितिका पूर्व सदस्य टोप बहादुर सिंह ठकुरी, पत्रकार, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनीधि, जनप्रतिनीधि, विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले सम्युक्त रुपमा अमला, खयर, सिसौ, वकाईनो, हर्राे, ईपिलिपि लगायतका विरुवाहरु बृक्षारोपण गरिएको हो ।