नवलपुरमा घट्यो सक्रिय संक्रमित




नवलपुर । नवलपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । जिल्लामा हाल संक्रिय कोरोना संक्रमितको संख्या तीन सय ५८ मा झरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको असार १२ गतेको तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ५८ रहेको छ ।




कार्यालयको तथ्याङ्ग अनुसार पछिल्ला २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै अवधिमा ३१ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगएको कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...