कावासोतीमा लागुऔषध सहित दुई जना पक्राउ
कृशला सापकोटा ।
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक मधुसुदन सिहं का अनुसार कावासोती नगरपालिका ८ मा राजमार्गमा चेकजाँचको क्रममा लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
ना ६५ प ९१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको चितवन रत्ननगर वडा नं ६ निवासी २० बर्षीय सिमोन मह्तो र भरतपुर महानगरपालिका वडा नं २ निवासी २८ बर्षीय निरज गुरुङ्गलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले उनीहरुको साथबाट नुफिन ७० एम्पुल,फेनरागन ७० एम्पुल, डाईजोपाम ७० एम्पुल लागुऔधत बरामद गरेको जनाएको छ ।