विनयी त्रिवेणीको बजेट ४१ करोड
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रानाले ६७ करोड ७ लाख ८८ हजार १२८ रुपैया बराबरको अर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गरेका छन् ।
चालु तर्फ ४१ करोड ११ लाख ९३ हजार १ सय २२ रुपैया र पुजी गत तर्फ २५ करोड ९५ लाख ९५ हजार ६ सय ६ रुपैया बराबरको बजेट प्रस्तुत गरेका हुन्।
वडागत बजेट बिनीयोजनमा केही दिन बाँकी रहेकाले पूर्ण सिलिङ सहित पुन गाउँसभामा निर्णायार्थ प्रस्तुत गर्ने गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले बताए।
बजेट अगाडि गाउँपालिका अध्यक्ष जिसीले प्रस्तुत गर्नुभएको नीतितथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
