सीमाक्षेत्रमा भारतीय दादागिरी बन्द गर्न अखिल क्रान्तिकारीको चेतावनी




काठमान्डौ । भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रमा देखाएको दादागिरी रोक्न चेतावनी दिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरलेद्वारा जारी विज्ञप्तिमा नेपाली सीमा क्षेत्रमा भईरहेको भारतीय दादागिरी रोक्न नेपाल सरकारलाई अपिल गर्दै नेपाली भूमिमा रहेको भारतीय सेना फिर्ता गर्ने माग समेत गरेको छ ।




लामो समयदेखि भारतले नेपाली सिमानजिक एकतर्फीरुपमा बाँध बाँध्ने, सडक निर्माण गर्ने र नेपालतर्फ सीमास्तम्भ सार्ने जस्ता काम भारतले पटक–पटक गर्दै आएको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका ७३ भन्दा बढी ठाउँमा सीमा मिच्नुका साथै १०,०१९ वर्ग कि।मि।भन्दा बढी नेपाली भूभाग कब्जा गरेको छ ।

भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको ठाडो उल्लङ्घन गरिरहेको छ । झापा, रौतहट, परासी, भैरहवालगायत सीमावर्ती डेढ दर्जनभन्दा बढी ठाउँहरुमा भारतले नेपालपट्टि पर्ने गरी अनाधिकृत तटबन्ध बनाएको छ ।
विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाधिनतामा समेत आँच आउने खाले यस्ता गतिविधि तत्काल नरोकिए आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।



सम्बन्धित
Loading...