चितवनमा ५१ संक्रमणमुक्त, ३९ जना थपिए
भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको मृत्यु भएन ।
भरतपुर महानगरमा २६, खैरहनीमा १, माडीमा ७, रत्ननगरमा २, राप्तीमा १, कालिकामा २ र इच्छाकामनामा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ९२० पुगेको छ ।
आज आइतबारसम्म हस्पिटल आइसोलेसनमा ९२, होम आइसोलेसनमा ८२९जना र पब्लिक आइसोलेसनमा ३३ रहेका छन्। १४ हजार ६२७ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २७९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।