कावासोतीमा सक्रिय संक्रमित ८७ जना
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ को संक्रिय संक्रमितको संख्या ८७ मा झरेको छ ।
स्वास्थ्य शाखा कावासोतीका अनुसार आइतबार थपिएका नयाँ संक्रमित १ जना र निको भएका ९ जना रहेका छन् ।
सक्रिय संक्रमित ८७ जना मध्ये ७७ जना होम आइसोलेशनमा रहेका छन् भने मध्यविन्दु जिल्ला अस्पताल, भरतपुर अस्पताल लगायतका अस्पतालमा गरी १० जना अस्पतालमा उपचाररत रहेका छन् । ति मध्ये ५ जनाको अवस्था जटिल रहेको छ ।
