नवलपुरको गैंडाकोटबाट गैंडा तस्कर पक्राउ




चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान मगर भन्ने राजमान थापा मगर कानूनी दायरामा आएका हुन् ।




निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले उनी पुर्पक्क्षको लागि कारागार चलान भएको र उनलाई निकुन्जले लामो समयदेखि निगरानीमा राखेको जानकारी दिए ।

उनी संगै चालु आव २०७७।७८ हालसम्म २७ जना गैडा तस्करहरु कानुनी कारबाहीको दायरामा आएको अधिकारीले बताए ।

थापा विरुद्ध गैडा मारेर खाग बिक्रि गरेको आरोपमा जिल्ला अदालत नवलपरासीमा २ र जिल्ला अदालत चितवनमा १ वटा मुद्दा दायर रहेको निकुञ्जले जनाएको छ ।



सम्बन्धित
Loading...