मंगलबारबाट उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने, जोर विजोर प्रणाली लागु




काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सुचना अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

उनले भनिन्, “भोलिदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ । उक्त सवारीमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।”




उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।

कोरोना संक्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको हो । त्यसमा खाद्यवस्तु पसलबिहान देखि साझ ६ बजेसम्म खोल्ने दिने र अन्यपसलहरु बिहान ११ बजे देखि साँझ ६ बजेसम्मखोल्ने निर्णय भएको उनले बताइन् ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।



सम्बन्धित
Loading...