चितवनमा एकैदिन चार संक्रमितको मृत्यु, २८ जना डिस्चार्ज


भरतपुर । चितवनमा एकैदिन अर्थात पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको विवरणअनुसार मृत्यु भएमध्येका दुई जना चितवनवासी हुन् । २४ घन्टामा विभिन्न अस्पतालबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।



भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका विभिन्न अस्पतालमा आईसीयूमा ९४ जना, भेन्टिलेटरमा १९ जना, एचडीयूमा २८ जना, जेनरल बेडमा १०१ जना बिरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यहाँका अस्पतालहरुमा २२३ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । सबैभन्दा धेरै भरतपुर अस्पतालमा ७० जना संक्रमितको उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...