बाढीले पूर्व-पश्चिम राजमार्गको डाइभर्सन बगायो
नवलपरासी –
बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सुनवल नगरपालिकका–५, वनकट्टी र वडा नम्बर १३ बडेरामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
डाइभर्सन बगाएपछि सवारी साधन बिहान ४ बजेदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाले बताए ।
डाइभर्सनमा राखिएको ह्युम पाइपसमेत बगाएको छ । अहिले डाइभर्सन मर्मतको काम भइरहे पनि लगातार पानी परिरहेकाले समस्या भएको डीएसपी लामाले बताए ।
सवारीसाधनको चाप बढी भएपछि प्रहरीले वैकल्पिक बाटो हँुदै सवारी साधनलाई गन्तव्यमा पठाउने तयारी गरेको छ ।
