भरतपुर बाइपास रोडमा गाडीको ठक्करबाट वृद्धको मृत्यु


भरतपुर । भरतपुर बाइपास रोडस्थित घरेलु कार्यालय अगाडि आज बिहान ७ः ३० बजे गाडीको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।



विराटनगरबाट काठमाडौँको लागि बिस्कुट लोड गरी आएको ना ६ ख ४९२३ नं को डिब्बा गाडीले पैदल यात्री भरतपुर १२ कस्तुरी टोल बस्ने वर्ष ७६ का वसन्तबहादुर लिम्बुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटना गराई फरार रहेको सवारी साधनलाई प्रहरीले केन्द्रीय बसपार्क भरतपुरबाट नियन्त्रणमा लिएको छ। सबारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।



सम्बन्धित
Loading...