बुटवल – नारायणगढ अवरूद्ध सडक आजै सञ्चालनमा आउने




हरि शर्मा –
परासी, १६ असार स् गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउंदा बुटवल( नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।

सो सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो ।




सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भई रहेको छ । त्यसक्रममा बनाइएका डाइभर्सन बगाएको हो । अवरूद्ध सडकको डाइभर्सन बनाउने काम भइरहेको र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।



सम्बन्धित
Loading...