चितवनमा ६० प्रतिशत रोपाइँ सकियो





चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ ।

चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।




समयमै भएको वर्षाले पूर्वी चितवन र माडीमा छिटो रोपाइँ भएको छ भने पश्चिम चितवनमा पनि रोपाइँ जारी रहेको ढकालले बताउनुभयो । कोरोना महामारी र जारी लकडाउनकाबीच धेरै मानिसहरु घरमै सीमित भएकाले पनि यसवर्ष शतप्रतिशत क्षेत्रफलमा रोपाइँ हुने विश्वास लिएको बताइएको छ ।

उता कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत असार १ गते आएको बाढीले चैते धानमा क्षति पुर्‍याएको छ । खेतीयोग्य जमिनसमेत बालुवाले पुरेर खेती गर्नै नमिल्ने भएको छ ।

बाढीले भएको नोक्सानको क्षतिपूर्ति विपद् व्यवस्थापन समितिले गर्ने बताउँदै ज्ञान केन्द्रलाई नीतिगत रुपमै त्यो अधिकार नभएको बताउनुभयो । विपदको समय भएको नोक्सानको क्षतिपूर्ति विपद व्यवस्थापन समितिले गर्ने बताउँदै ज्ञान केन्द्रलाई नीतिगत रुपमै त्यो अधिकार नभएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो ।

बाढीले भरतपुर महानगरपालिका– २६ मा बढी क्षति पुर्‍याएको छ ।




सम्बन्धित
Loading...