चितवनमा १०४ संक्रमित थपिँदा ४३ जना संक्रमणमुक्त
भरतपुर, १६ असार । चितवनमा पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिएका छन् भने ४३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट कुनै पनि संक्रमितको मृत्यु हुन भने पाएन ।
६५५ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो । बुधबार संक्रमणदर १५.८७ प्रतिशत देखिन्छ । पछिल्लो केहि दिनयता जिल्लामा दैनिक संक्रमित बढिरहेका छन् ।
बुधबारसम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार १९८ रहेको छ । जसमध्ये एक हजार ६३ जना होम आइसोलेसनमा, सय जना अस्पतालमा र ३५ जना संक्रमित सार्वजनिक आइसोलेसनमा छन् ।