लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत




दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको जानकारी अनुसार प्रदेशका १२ वटा जिल्लामध्ये सबैभन्दा बढी १७ वटा बलात्कारका घटना बर्दियामा घटेका छन् । त्यस्तै नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन्, रुपन्देहीमा ११ वटा, कपिलवस्तुमा १२ वटा, पाल्पामा ४ वटा, अर्घाखाँचीमा ३, गुल्मीमा १, प्युठानमा ३, दाङमा १२, रोल्पामा ४ र बाँकेमा ९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शुन्य छ । त्यस्तै प्रदेशभर १७ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।




यता, नवलपरासीमा २ वटा हत्या घटना घटेका छन् भने रुपन्देहीमा ४, कपिलवस्तुमा ५, पाल्पामा १, अर्घाखाँचीमा २, दाङमा ३, बाँकेमा ४ वटासहित २१ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका हुन् । त्यस्तै प्रदेशभर २० वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन् ।



सम्बन्धित
Loading...