काँग्रेस कावासोती नगरसभापतिमा ४ जनाको उम्मेदवारी घोषणा


कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली काँग्रेसको आगामी नगर सभापतिका लागि ४ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।



आकांक्षीहरु थुप्रै रहे पनि नगरसभापतिमा अहिलेसम्म प्रत्यक्ष देखिने गरी ४ जनाले घोषणा गरेका हुन् ।

कावासोतीको नगर सभापतिमा कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ, विद्यार्थी नेता रामचन्द्र भट्टराई, व्यवसायी सालिकराम ढकाल र रामचन्द्र भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् ।




नेपाली काँग्रेसको साउन १२ गते गाउँ तथा नगरको वडा अधिवेशन हुँदै छ भने साउन १६ गते गाउँ तथा नगरपालिकाको अधिवेशन हुने भएको छ ।



सम्बन्धित
Loading...