चितवनमा धुसरी पुल भाँचियो, राजमार्ग अवरुद्ध




चितवन १७ असार । बुधबारदेखि परेको निरन्तरको वर्षाले धुसरी पुल भाँचिएको छ।

लदरी खोलामा आएको बाढीले चितवनको रत्ननगर र खैरहनी जोड्ने पक्की पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




पुल भाँचिएपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।



सम्बन्धित
Loading...