शीघ्र स्खलन हुन्छ ? यसो गर्नूस्


यदि तपाई छिटो स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने त्यसको कारण नै पत्ता लगाएर मात्र त्यसको समाधान खोज्नुपर्दछ । किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ।



प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो।




शीघ्र स्खलन रोक्न के गर्ने ?

-यौनसम्पर्क गर्दा गर्दै रोक्ने र फेरी सुरु गर्ने ९यसरी यौनसम्पर्क गर्दा केही क्षण बिसाउँदा उत्तेजनामा कमी आएर स्खलनको समय बढाउन सकिन्छ  ।

– महिला माथि पुरुष तल भएर यौनसम्पर्क गर्ने -यस्तो सम्पर्कले महिलालाई स्खलन हुन सजिलो हुन्छ भने पुरुष सक्रिय नहुने हुनाले स्खलन हुने समय बढ्छ ।

-स्खलन हुन लाग्यो भने लिङ्गलाइ योनिबाट बाहिर झिक्ने ।

-लिङ्गको फेदलाई बेस्सरी अँठयाउने ।

-कन्डमको प्रयोग गर्ने (कण्डमले योनी र लिंगको बीचमा स्पर्श र उत्तेजना कम गरिदिन्छ) अझ पातलो भन्दा बाक्लो खालको कन्डमको प्रयोग गर्दा लामो समय सम्म स्खलन रोक्न सकिन्छ ।

-केगल कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्ने ।

-आशन परिर्वतन गर्दै बिभिन्न रूपमा यौन सम्पर्क गर्ने ।

-उत्तेजना कम गर्ने खालको कुरा सोच्ने ,विर्य झर्न लागेको बेलामा दिमागलाई यौन सम्पर्क बाहेक अन्य बिषयमा केन्द्रीत गर्ने ।

-स्खलन हुन लागेमा लामो लामो स्वास लिने ।

-पर्याप्त निद्रा लिने । नियमित आराम गर्ने

-धुम्रपान तथा मध्यपान सेवन नगर्ने



सम्बन्धित
Loading...