चितवनमा सक्रिय संक्रमितको संख्या १२३०


भरतपुर, १७ असार । चितवनमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणमुक्त हुनेको संख्या घट्दै गएको छ । संक्रमणमुक्त हुनेभन्दा थपिने संक्रमित धेरै छन्, जसका कारण सक्रिय संक्रमितको संख्या कम हुन सकिरहेको छैन ।



पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित थपिँदा ५२ जना संक्रमणमुक्त भए । एक जनाको मृत्यु भएको छ । ५९३ जनाको कोरोना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार २३० रहेको छ ।

एक हप्ता अगाडी चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २३ थियो । त्यतिबेला ८६ संक्रमित थपिँदा १०७ जना संक्रमणमुक्त भएका थिए । असार पहिलो हप्तामा जुन हिसाबले संक्रमणमुक्त हुनेको संख्या बढ्दै थियो, त्यहि हिसाबले संक्रमणमुक्त हुने दर कायम हुन नसक्दा सक्रिय संक्रमितको संख्या घट्न सकेको छैन ।



सम्बन्धित
Loading...