कावासोतीमा आज १२ नयाँ संक्रमित भेटिए, सक्रिय संक्रमितको संख्या १२२
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज १२ जना नयाँ संक्रमित फेला परेका छन् । त्यसैगरी विहीबार ६ जना निको भएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।
कावासोतीमा विहीबार थपिएका सहित सक्रिय संक्रमितको संख्या १ सय २२ पुगेको छ ।
कोभिड १९ का कारण कावासोतीमा अहिलेसम्म २६ जनाको निधन भएको छ भने १ हजार ४० जना संक्रमित भएका छन् ।
ति मध्ये ८ सय ९२ जना निको भएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।
कावासोतीमा सक्रिय संक्रमित १ सय २२ जना मध्ये १ सय ९ जना होम आइसोलेशनमा रहेका छन् भने १३ जना अस्पतालमा उपचाररत रहेका छन् ।