नवलपुरमा निषेधाज्ञाको स्वरुप परिवर्तन, निजी सवारी साधन चल्न पाउने, भाडाका सवारी साधनमा जोड विजोर प्रणाली, साना होटलहरु खुल्ला


नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञाको सयम थपि १० दिन थपिएको भए पनि स्वरुप भने परिवर्तन गरिएको छ ।



जिल्ला प्रशासन कार्यालय नवलपुरले विहिबार सूचना जारी गर्दै असार १८ गते राति १२ बजे सकिने निषेधाज्ञालाई असार २७ गते आइतबार राति १२ बजेसम्मको लागि थप गरिएको जनाइएको छ ।

नवलपुरमा यस अघि पसल, सरकारी कार्यालय खुल्ला गरिएको भए पनि यस पटकबाट भने दुई पाङ्ग्रे र ४ पाङग्रे निजी सवारी साधन सञ्चालनमा आउन दिने भएको छ ।




त्यसैगरी भाडाका सवारी साधन आवश्यक सुरक्षा मापदण्ड अपनाएर जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर सञ्चालन गर्न दिइने भएको छ ।

त्यसैगरी अटोलाई आफ्नै नियमित रुट बाहेक अन्त सञ्चालन हुन नपाउने गरी सञ्चालनको अनुमति दिइएको छ ।

निषेधाज्ञा थप खुकुलो गरिएसँगै होटल, रेष्टुरेन्ट, खाजा घर, मिठाइ पसल सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

विद्यालय, कलेज, होटल, रेष्टुरेन्ट, गेष्ट हाउस, पार्टी प्यालेस, मन्दिर, गुम्बा, खेलकुद, सभा, जुलुस, विरोध सभा लगायतका मान्छे भिडभाड हुने क्षेत्र भने अझै बन्द गरिएको छ ।



सम्बन्धित
Loading...