नवलपुरमा बढ्न थाले सक्रिय संक्रमित




पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ ।

विस्तारै ४ सय भन्दा कम सक्रिय संक्रमितमा झरेको नवलपुरमा संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ ।




बजारहरु विस्तारै खुल्दै गएसँग संक्रमितको संख्या पनि बढ्न थालेको हो ।

नवलपुरमा सोमबार ३ सय ६८ जना संक्रिय संक्रमित रहेको थियो । यो संख्या मंगलबार बढेर ३ सय ८२ जना पुग्यो भने बुधबार नवलपुरमा सक्रिय संक्रमित ३ सय ९६ पुगेको थियो ।

विहीबार यो संख्या ह्वात्तै बढेर ४ सय २८ पुगेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार विहीबार मात्रै ५६ जना संक्रमित थपिएका छन् भने २४ जना निको भएका छन् ।

नवलपुरमा अहिलेसम्म कोभिडका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् ।



सम्बन्धित
Loading...