पश्चिम नवलपरासीमा भाेलिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा आउने
सुरेश यादव –
नवलपरासी, असार १७ ।
पश्चिम नवलपरासीमा भोलि (शुक्रबार) देखि सार्वजनिक सवारी साधन संञ्चालनमा आउने भएको छ ।
शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालनमा ल्याईने जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ ।
आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यात्रुहरु बिच भौतिक दुरी कायम गरी यातायात सञ्चालनको निर्णय गरिएको हो । जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका आधारमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्न दिईने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
