२४ घण्टा पछि एकतर्फी सञ्चालनमा आयो गैडाकोटको सडक




गैँडाकोट, असार १८ । हिजो परेको अविरल वर्षाले आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा आएको छ । हिजो विहान करिव ८ बजेदेखि ठप्प राजमार्ग आज विहान साँढे ८ बजेबाट एकतर्फी संचालनमा आएको हो ।

सशस्त्र  प्रहरी, नेपाल प्रहरी, नारायणगढ बुटवल सकड आयोजना मिलेर मुख्य डाइभर्सन बगाएको भन्दा दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याएको सशस्त्र प्रहरी पितौजीका डिएसपी विरभद्रनाथले जानकारी दिए। अहिले रोकिएका सवारीलाई विस्तारै वारपार गराइएको छ ।




डाइभर्सन तयार हुन ढिला हुँदा सवारी जाम लामो छ । एम्बुलेन्सलाइ प्राथमिकता दिँदै सवै सवारी साधनहरु पास गराइएको उहाँको भनाई छ ।



सम्बन्धित
Loading...