पश्चिम नवलपरासीमा बैंकर्स क्लव परासीद्वारा विराेध




सुरेश यादव,नवलपरासी/असार १८ ।

समाजिक सुरक्षा कोष विरुद्ध आज पश्चिम नवलपरासीका सबै बैंकका कर्मचारी आन्दोलित भएका छन् । बैंकर्स कल्ब परासीको आयोजनामा शुक्रबार बैंकका कर्मचारीहरुले सदरमुकाम परासीमा विरोध र्याली निकालेका छन् ।




कालो मास्क लगाएर उनीहरुले विरोध जनाएका छन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बैंकर्स कल्ब परासीका अध्यक्ष प्रकाश भण्डारीले बताए।

सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी बैंकका कर्मचारीहरुले बताएका छन् । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बैंकका कर्मचारीले विगत देखिनै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । निषेधाज्ञाका बिच बैंकका कर्मचारीले र्याली निकालेर कोण सभामा गर्न थालेपछि वुद्धचोकमा प्रहरीले कोणसभाभ गर्न रोक लगाएको थियो ।



सम्बन्धित
Loading...