सुनवलका सक्रमित पुरुषको होम आइसोलसेमा मृत्यु


असार १८ । पश्चिम नवलपरासीमा शुक्रबार थप एक जना कोरोना संक्रमितको होम आइसोलसेनमा मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुषको होम होम आइसोलसेनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ ।



यस्तै जिल्लामा शुक्रबार १३ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संङ्ख्या ४ हजार ४ सय ५ पुगेको छ । यस्तै शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये पुरुष २ जना र महिला ३ जना रहेका छन् । पिसिआर परिक्षणबाट ३ जना र एन्टिजिन परिक्षणबाट २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार सुनवलमा नगरपालिकामा ४ जना र बर्दघाट नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै जिल्लामा कोरोना संक्रमण हुनेको संङ्ख्या ४ हजार ६ सय ७४ पुगेको छ ।




अब जिल्लामा एक सय १५ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पृथ्वीचन्द्र अस्पताल परासीमा २ जना बाहेक अन्य आइसोलसन सेन्टरमा कोरोनाका विरामी नरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...