चितवनमा ट्रक र दुई स्कुटी ठोक्किदा, एकको मृत्यु तीन घाइते
चितवनको भरतपुरस्थित आँपटारीस्थित पानी ट्याङकी ओरालोमा ट्रकले एकैचोटी दुई वटा स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो २ः५५ बजे भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख ९७५६ नम्बरको फलाम लोड गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडी सवार देवघाट १ बस्ने वर्ष ४०-४२ की चिनीमायाँ पौडेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
सोही स्कुटीका चालक भरतपुर ११ बस्ने वर्ष ३५ को पुष्पराज बास्तोला गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रकको ठक्करबाट प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक जिल्ला देवघाट ५ बस्ने वर्ष ३० को तिलबहादुर गुरुङ सोही स्कुटर पछाडी सवार वर्ष ३५ की सिरु गुरुङ घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।