रामग्राम नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण


 



नवलपरासी रअसार २१ ।

रामग्राम नगरपालिकाको सहयोग मा मागमा आधारित सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान मा पम्पसेट तथा विधुति मोटर कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ ।




रामग्राम नगरपालिका का नगर प्रमुख नगेन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा सो नगरपालिकाका वडा न।१ देखि १८ का गरि २६ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो । कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र गुप्ताले ति कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गर्नु भयो ।

रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन नगर भित्र का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । एक अनौपचरिक कार्यक्रमबिच ति कृषक र समुहहरुलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि उपकरण वितरण गर्दै यसको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।

कृषकहरुलाई कृषि यन्त्र वितरण गर्दै प्रमुख अतिथि तथा रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र गुप्ताले यस यन्त्रहरुको भरपुर सदुप्योग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरु पाएका किसानले यसलाई घरमै नथन्काई यसको भरपुर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढिभन्दा बढि उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिनु भयो ।

वितरण गरिएको उपकरणमा १८ पिस पम्पसेट तथा ८ पिस विधुति मोटर लगायतका उपकरणहरु रहेको रामग्राम नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।



सम्बन्धित
Loading...