पश्चिम नवलपरासीमा खोलामा डुबेर बालक वेपत्ता


परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनका एक बालक झराही खोलामा डुबेर वेपत्ता भएका छन् ।



पाल्हीनन्दन एक रम्पुरवाका अन्दाजी १०/१२ वर्षिय सत्यम गुप्ता झराही खोलामा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपि राजु लामाले जानकारी दिए ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार वेपत्ता भएका हुन् । अझै फेला पर्न सकेको छैन ।




गाईवस्तु चराउन गएका उनी खेल्ने क्रममा चिप्लीएर खोलामा खसेका थिए । खोलाको भेलले ति बालकलाई बगाएर भारततर्फ लगेको हुन सक्ने प्रहरीको अनुमान छ ।



सम्बन्धित
Loading...