पश्चिम नवलपरासीको मुल भन्सारबाट भित्रिने मालबाहकमा क्षमता भन्दा बढी




परासी । पश्चिम नवलपरासीको मुल भन्सार नाका महेशपुर भएर भित्रिने भारतीय मालबाहक गाडी क्षमता भन्दा बढी बाेक्दै नेपाल आउने गरेका छन् ।

महेशपुर भन्सार कार्यालय देखि बाेर्डर सम्मकाे बाटाे अलि साङ्लो रहेकाले दिउँसोमा महेशपुर मुल भन्सार भएर नेपाल भित्रिएका गाडीहरु बाटैमा पार्किङ हुनाले आवतजावतमा समस्या हुने गरेकाे छ । साथै बाटाे पनि फुट्ने गरेकाे स्थानीयहरुकाे भनाइ रहेकाे छ ।




महेशपुर भन्सार मुल भन्सार कार्यालयकाे रुपमा सञ्चालन रहेता पनि भन्सार कार्यालयकाे ईस्तरउन्नति हुन नसकेकाेले भारतबाट भित्रिएका मालबाहक गाडी बाटैमा पार्किङ गराउन बाध्य रहेका छाै भन्सार कार्यालयका प्रमुखले जानकारी दिए ।



सम्बन्धित
Loading...