कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन




रामकुमार श्रेष्ठ –
नवलपरासी, २३ असार । पूर्वी नवलपरासीकोकावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

कावासोती १ कोइलापानीमा ना २६ प ५९६१नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।




कावासोती थाना चोकतर्फ आउँदै गरेकोमोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पूर्वीनवलपरासीको हुप्सेकोट गाउँपालिका १ बस्ने २० बर्षीय केशर सुनारीको निधन भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते सुनारीकोउपचारको क्रममा गएराति नारायणी सामुदायिक अस्पताल चितवनमा निधन भएको नवलपुरप्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...