खोलामा फसेका ९ जनालाई नवलपुर प्रहरीले यसरी गर्यो उद्दार – भिडियो सहित




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलामा माछा मार्ने क्रममा खोलामा बाढी आइ फसेका ९ जनालाई प्रहरीले उद्दार गरेको छ ।

विहीबार विहान बजेदेखि बीच खोलामा फसेका ९ जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासको टोली र स्थानीयले विहान साढे १० बजे सकुशल उद्दार गरेको हो ।




माछा मार्न गएका पश्चिम नवलपरासीको प्रतापपुगर गाउँपालिका ४ बस्ने १७ बर्षीय विजय हरिजन, २१ बर्षीय रोहित पासवान, २८ बर्षीय व्यास यादव, २८ बर्षीय सन्दिप पासवान, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३२ बर्षीय विश्वास गुरुङ, ३४ बर्षीय बक्सिङ चौधरी, ४५ बर्षीय विष्णु जिसी, विनयी त्रिवेणी २ निवासी १८ बर्षीय रोसन खाम्चा मगर र पाल्पाको रामपुर नगरपालिका १ निवासी २६ बर्षीय खुम श्रेष्ठलाई उद्दार गरेको हो ।

उनीहरु बाढी आई बीच खोलामा नै रोकिएका थिए । उनीहरुको अवस्था सामान्य रहेको नवलपुर प्रहरीले जनाएको छ ।

https://youtu.be/gDLnqa2bl_Q



सम्बन्धित
Loading...