मध्यरातसम्म बाटो खुल्ने कावासोतीमा बाढीले भत्काएको सडक यसरी मर्मत हुँदै – फोटो फिचर र भिडियो सहित
कावासोती । पूर्वी नवलपरासीको कावासोती थाना चोकदेखि पूर्वतर्फ भत्किएको सडक मर्मत शुरु गरिएको छ ।
हाटबजार देखि पश्चिम पट्टि रहेको खोल्सामा आएको बाढीले सडकको कल्भर्डका साथै सडक नै बगाएको थियो ।
अहिले डाइभर्सन मर्मतको काम चलिरहेको छ । सडक विहान ८ बजेदेखि अवरुद्ध भएको हो । अवरुद्ध सडक राति सम्ममा सञ्चालनमा आउने नवलपुर प्रहरीले जनाएको छ ।
























